नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना भएका छन् । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।

केही दिनदेखि उच्च ज्वरो आएर घरमै आराम गरे पनि कम नभएपछि शुक्रवार दिउँसोबाट वीर अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव प्रेम गुरागाईले जानकारी दिएका छन् ।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले बताए । भट्टराई एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य समेत छन् ।

५,कार्तिक.२०७८,शुक्रबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्