काठमाडौं । “नाच्न जान्दैन, आँगनलाई दोष” दिएर आफु पानीमाथिको ओभानो देखिन खोज्नु दृष्टि दोष,...

पुरा पढ्नुहाेस्

बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न अनेरास्ववियुको माग

4.07K
shares
khanepani bord

कैलाली । नेकपा एमालेको भ्रातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम कमिटीले बाढी र पहिरोमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्न माग गरेको छ ।

शुक्रबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाउँदै घाइतेहरूको निःशुल्क सहित ७ बुँदे माग राखेको छ । अनेरास्ववियु सुदूरपश्चिमका इन्चार्ज मोती बिक र संयोजक नेत्र मैनाली सहितको टोलीले तत्काल पीडित परिवारलाई राहतको व्यवस्था गर्नु पर्ने,बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिनु पर्ने,घर विहीन भएकाहरूलाई तत्काल उचित बसोबासको व्यवस्था गर्नुपर्ने प्रदेश सरकारले युवा स्वयम सेवक तयार गरी परिचालन गर्नुपर्ने माग राखिएको छ ।

त्यस्तै प्रदेश सरकारका सबै प्रशासनिक संयन्त्र प्रयोग गरी पीडितहरूको उचित वासस्थानको व्यवस्थापन गर्नुपर्ने र नष्ट भएको बाली नालिको वैज्ञानिक ढङ्गले क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।

सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट ३३ जनाको मृत्यु भइसकेको छ । विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता छन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् ।

अनेरास्ववियु ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले अहिले पनि राहत र उद्धारको काम भइरहेको बताएका थिए । उनले राहत, उद्धार र किसानलाई क्षतिपूर्ति दिन तिनै तहको सरकारसँग समन्वय समेत भइरहेको बताए ।

khanepani