
काठमाडौं । काठमाडौ उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा एक पछि अर्को समस्या देखिएको छ । सिइओ मिलनकुमार शाक्य, मन्त्रालयका अधिकारी र केयुकेएल बोर्डले केयूकेएल व्यवस्थापनलाई थाहै नदिइकन लायन एजेन्सीका रुपमा तीन जना माथिल्लो तहमा कर्मचारी करार सेवामा भर्ना गर्न लागेको सत्य र तथ्य बाहिर आएपछि कर्मचारीहरु आन्दोलित भएका छन ।
तीन जना लायन एजेन्सीका रुपमा केयूकेएलको आइटि, लेखा र प्राविधिक क्षेत्र हेर्ने गरि सम्पुर्ण अधिकारसहित कर्मचारी भर्नाको सबै प्रक्रिया पुरा भएको भन्दै त्यसलाई तत्काल रोक्न केयूकेएलका ज्ञानेन्द्र कार्की संयोजक, बिजय तिमिल्सीना उपसंयोजक र प्रकाशकुमार राई सदस्यसचिवसहित सबै केयूकेएलका शाखा प्रमुख र नौ र आठ तहका सबै कर्मचारीहरु सदस्य रहने गरि संघर्ष समिति गठन भएको केयुकेएल स्रोतले दावी गरेको छ ।
यसै समितिले एउटा विरोध पत्र समेत सिइओ मिलनकुमार शाक्य र केयूकेएल बोर्ड बैठकमा पठाउनेगरि बोर्ड सचिवायलमा दर्ता समेत गरेको समाचार स्रोतले दावी गरेको छ । विगतमा केएयुकेएलमा रहेर काम गरिसकेका एशियाली विकास बैकका जुठोपुरो खादै आएका पुल्चोक इन्जिनियरीङ क्याम्पसका उपप्राध्यापक तथा केयुकेएलका पूर्व कार्यकारी अधिकृत डा.महेशकुमार भट्टराई, पूर्व सचिव सुमन शर्मा लगाएको ठुलो समुहले केयूकेएललाई निकम्बा र निरिह प्रमाणित गराउदै काठमाडौंको पानी वितरणको जिम्मेवारी निजिक्षेत्रलाई दिने एउटा नियोजित षडेन्त्रका पुरामा यो काम भइरहेको खानेपानी मन्त्रालयका एक कर्मचारीले बताएका छन ।
एशियालि बिकास बैकसँग आवद्ध रहेर उनीहरुको जुठो परो खादै सरकारीका सेवाको उतार्दमा रहेर मृत्यु्को प्रतिक्षा गरिरहेकाहरुले काठमाडौं बासीले प्रशोधित पानी पिउनै नसक्ने गरि मुल्य बृद्धि गरेर विदेशिहरुलाई जिम्मा लगाउने योजना समेत भइरहेको समाचार स्रोतले दावी गरेको छ ।
एशियाली विकास बैकको योजनामा उसैका परामर्शताहरुले तयार गरेको एउटा दस्तावेज सार्वजनिक भएको छ ।
केयुकेएलमा नयाँ तिन जना उच्च व्यवस्थापकको नियुक्ती, उनीहरुको लागि तोकिएको कार्यविधि समेत एशियाली विकास बैकसँग जोडिएका पानी माफियाहरुले उक्त दस्तावेज तयार गरेका थिए । उक्त दस्तावेज निर्माणमा समेत एशियाली विकास बैकले ठुलो धनराशिको लागानी समेत गरेको केयुकेएल स्रोतले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्