
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) कर्मचारी युनियनहरु र केयूकेएल बोर्डवीच सहमति भएको छ ।
केयूकेएलमा कार्यरत कर्मचारीहरुका युनियनहरुले कर्मचारीहरुको हकहितका विषयमा आधारीत भएर गरिएको करिव तीन हप्ता लामो आन्दोलन आजको बोर्ड बैठकपछि स्वतह अन्त भएको छ ।
केयूकेएलका कर्मचारी युनियनहरुले अगाडि सारेका मागहरुका विषयमा आज बसेको बोर्ड बैठकमा सहमति जुटेको केयूकेएल संचालन समितिका एक सदस्यले बताएका छन । केयूकेएल कमचारी युनियन, केयूकेएल व्यवस्थापन र केयूकेएल बोर्ड वीच त्रिपक्ष सम्झौता हुने पनि केयूकेएल स्रोतले बताएको छ ।
केयूकेएलमा कर्मचारी युनियनहरुले भोली गर्ने विषेश विरोध सभाको स्वरुप परिवर्तन भएको छ । भोलिको विरोध सभालाई शुलियाली सभा र केयूकेएल बोर्ड र केयूकेएल व्यवस्थापनलाई धन्यवाद दिने सभाका रुपमा कार्यक्रमको स्वरुप परिवर्तन गरिएको युनियनका नेताहरुले बताएका छन ।
आज दिनभरको बोर्ड बैठकमा व्यापक छलफलपछि यस्तो सहमित भएको हो । आज नै बोर्ड, व्यवस्थापन र कर्मचारी युनियनहरु वीच संयुक्त बैठक समेत बसेको थियो । यहि बैठकपछि कर्मचारीहरु मागका विषयमा निर्णय भएको र कर्मचारीहरुले पनि आन्दोलन अन्त भएको सहमति भएको छ ।
हिजो खानेपानी मन्त्रीले केयूकेएलका बोर्ड सदस्यहरुलाई कर्मचारी युनियनहरुका मागलाई संबोधन गर्न निर्देशन पनि भएको थियो । सोहि निर्देशन अनुसार आजको सहमति जुटेको अनुमान लगाउन सकिन्छ ।
अबका दिनमा केयूकेएलमा कार्यरत कर्मचारी युनियनका नेताहरुलाई थप चुनौति पनि थपिएको छ । यसको साथै काम नगरि हिड्ने कर्मचारी नेताहरु र राम्रो शाखामा बसेर पैसा कमाउने युनियनका नेताहरुलाई आजको सहमितीले थप जटिल बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्