काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

बुटवलमा एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु

5.85K
shares
khanepani bord

बुटवल । बुटवलमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। एम्बुलेन्स र मोटरसाइकल ठक्कर खाँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएको थियो।

गए राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै एम्बुलेन्स चालक गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएको र उनको बुटवलमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

IME
khanepani