
विराटनगर । नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।
प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको छ ।
कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने दाबी छ । आफ्ना तीन जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गरे ।
लगतै कांग्रेसले आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न सभामुखलाई आग्रह गरेको छ । मौखिक आग्रह सुनुवाइ नभएपछि कांग्रेसले लिखित निवेदन दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण बैठक रोक्न निवेदन दिएपनि सभामुखले नमानेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्