काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सबैभन्दा बढी प्रतिस्पर्धाको पद सचिव हुने...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन

4.77K
shares
khanepani bord

विराटनगर । नेपाली कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको छ ।

प्रदेश १ को प्रदेशसभामा आज मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले फ्लोर क्रस गर्ने सूचना आएपछि विपक्षी गठबन्धनमा तरङ्ग आएको छ ।

कांग्रेसका तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गर्न सक्ने दाबी छ । आफ्ना तीन जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने सूचना आएको कांग्रेसका एक सांसदले पुष्टि गरे ।

लगतै कांग्रेसले आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न सभामुखलाई आग्रह गरेको छ । मौखिक आग्रह सुनुवाइ नभएपछि कांग्रेसले लिखित निवेदन दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ मा आउने भएका कारण बैठक रोक्न निवेदन दिएपनि सभामुखले नमानेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।

khanepani