संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोरोना विरुद्धको फाइजर खोप दिने अनुदान

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाललाई एक लाख ६ सय २० डोज कोभिड-१९ विरुद्धको फाइजर खोप अनुदान दिने भएको छ । अमेरिकी दूतावासले ट्वीटमार्फत दिएको जानकारी अनुसार त्यो खोप भोलि सोमबार नेपाल आइपुग्नेसमेत जानकारी दिएको छ ।

अमेरिकाले यसअघि १५ लाखभन्दा धेरै जोनसोन एन्ड जोनसोन खोप पनि नेपालाई अनुदानमा दिएको थियो । त्यो खोप गत जुलाईमा नै नेपालमा आइपुगेर लगाइएको थियो ।

७,कार्तिक.२०७८,आईतवार १३:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्