काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

लघुवित्त बैंक संघको नयाँ कार्यसमिति चयन

5.04K
shares
khanepani bord

काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको पन्ध्रौँ साधारणसभाले प्रकाश राज शर्माको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्ष चयन भएका शर्मा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सीईओ हुन् । संघको उपाध्यक्षमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका सीईओको मिन बहादुर बोहरा चयन भएका छन् भने नेशनल माइक्रोफाइनान्स सीईओ राम बहादुर यादव महासचिवमा दोहोरिएका छन् ।

संस्थाको सचिवमा सबैको लघुवित्तका सीईओ केशव पौडेल र कोषाध्यक्षमा उन्नति सहकार्य लघुिवत्तका सीईओ प्रेम बहादुर पाठक चयन भएका छन् ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा श्रीराम पोखरेल, गंगाधर पाण्डे, प्रविण कुमार लामा, बद्री प्रसाद दुलाल, विनोद आचार्य र बिमला योगी सदस्यमा सर्वसम्मत चयन भएका छन् ।

IME
khanepani