नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्ने दिए जोड

धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन ।

सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औँ पुण्य तिथिको कार्यक्रममा सहमागी हुन आएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाए ।

“चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भएपनि राम्रो हुँदैन्”, उनले भने, “क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियम अनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको छ ।”

नेता सिंहले आफू आसन्न १४औँं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दावी गर्दै मङ्सिर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरु गर्नुपर्छ । यसमा के गाह्रो छ भनी प्रश्न गरे ।

उनले पार्टीमा सय वर्षदेखि एउटै वर्गले नेतृत्व गरिरहेकाले यसलाई अब तोड्नुपर्ने बेला आएको बताउँदै यसमा परिवर्तनका लागि आफू प्रवल दाबेदार रहेको उल्लेख गरे। उनले आफू गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवासम्मको पालामा उपसभापति भएर काम गरेको हुँदा आफू पार्टी सभापतिका सबल र सक्षम उम्मेदवार रहेको बताए । उनले भने, “पार्टीलाई सबल र सुदृढ बनाउनका लागि यो महाधिवेशनमा नेतृत्व परिवर्तन गरिछोड्ने अभियानमा म लागिपरेको छु ।”

७,कार्तिक.२०७८,आईतवार १६:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्