काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

संस्थागत सुधार गर्न सकिन्न भने हामी सबैले आफ्नो पद त्याग्न तयार हुनुपर्छः बार अध्यक्ष

5.23K
shares
khanepani bord

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासँगको छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र न्यायालयको संस्थागत सुधार हुन्छ भने सबैले आफ्नो आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्ने कुरा बताए।

आइतबार बिहान ११ बजेदेखि सर्वोच्च अदालतमा भएको छलफलमा आफूले यस्तो धारणा राखेको उनले पत्रकारहरुलाई जानकारी दिएका हुन्।

‘गोलाप्रथाबाट पेसी तोक्ने र न्यायालयका विकृति नियन्त्रण गर्नेबारे प्रधानन्यायाधीशसँग छलफल गर्न गएका थियौं। त्यहाँ मैले संस्थागत सुधारका लागि गोलाप्रथामा जानुपर्ने कुरा सबैले स्वीकार गरेको बताएको थिएँ। यस्ता संस्थागत सुधार गर्न सकिन्न भने हामी सबैले आफ्नो पद त्याग्न तयार हुनुपर्छ भनेको हुँ,’ उनले भने, ‘न्यायालयको सुधार पहिलो प्रश्न हो। चाहे प्रधानन्यायाधीश होस् चाहे नेपाल बारको अध्यक्ष, राजीनामा दिएर संस्था सुधार हुन्छ भने दिनुपर्ने हुन सक्छ भन्ने मेरो धारणा हो।’

उनले गोलाप्रथाबाट पेसी तोक्ने लगायत सुधार गर्न प्रधानन्यायाधीश तयार हो कि होइन भनेर सोधेका थिए। त्यस्तै, मन्त्रिपरिषदमा भागबन्डा खोजेका समाचारहरूबारे प्रधानन्यायाधीशले सत्यतथ्य के हो बोल्नुपर्ने उनले बताएका थिए।

प्रधानन्यायाधीशले जवाफमा गोलाप्रथाबाट पेसी तोक्न आफूलाई आपत्ति नभएको र नमूनाका रूपमा मंगलबारदेखि नै लागू गर्न तयार भएको बताएका थिए।

IME
khanepani