अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको १ लाख ६२० डोज खोप आज बिहान आइपुगे नेपाल

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोभिड-१९ विरुद्धको १ लाख ६२० डोज खोप आज बिहान नेपाल आइपुगेको छ ।

कोभ्याक्स संयन्त्रमार्फत नेपालले उक्त परिमाणको खोप प्राप्त गरेको हो । कतार एयरवेजको विमानबाट खोप आइपुगेको हो ।

अमेरिकाले यसअघि पनि १५ लाख डोजभन्दा बढी डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिएको छ । ल्याइएको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजरलाई एक महीनाको अवधिमा दुई डोज लगाउनुपर्छ ।

८,कार्तिक.२०७८,सोमबार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्