काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सर्वोच्चमा भइरहेका गतिविधिप्रति एमाले नेता बास्कोटाको टिप्पणी, थप षड्यन्त्रका लागि नयाँ नाटक

4.69K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउँन प्रधानन्यायाधीशमात्र नभएर संवैधानिक इजलासका पाँचैजना न्यायाधीश संलग्न रहेकाले समग्रतामा समाधान खोज्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीशविरुद्ध अदालतभित्र र बाहिर माहौल बनाइरहेका बेला एमाले अध्यक्ष केपी ओलीनिकट नेता बास्कोटाले अदालतको समस्या अंशमा होइन समग्रतामा समाधान खोज्नु आवश्यक रहेको बताएका हुन् ।

उनले अहिले सर्वोच्चमा भइरहेका गतिविधि थप षड्यन्त्रका लागि नयाँ नाटकमात्र भएको टिप्पणीसमेत गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘संवैधानिक अपव्याख्यामार्फत शक्तिपृथक्कीकरणको सिद्धान्त ध्वस्त पार्ने र देशलाई राजनीतिक अस्थिरतको भुमरीमा फसाउने कुनै एक न्यायाधीश होइनन्, ती सबै हुन जसले यल्लो प्यागोडा ग्राण्ड डिजाइन बैठकमा सहमति जनाए ।’

सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसाल गर्नुअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले यल्लो प्यागोडा होटलमा गरेको बैठकमा संवैधानिक इजलासमा रहेका वरिष्ठ न्यायाधीशहरू समेत सहभागी भएका थिए । बास्कोटाले त्यसतर्फ इंगित गरेका हुन् ।

IME
khanepani