काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

आजका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित,अबको बैठक कार्तिक ११ गते

4.64K
shares
khanepani bord

रूपन्देही । आजका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका बोलाइएको बैठक स्थगित गरिएको जनाइएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा सोमबार बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि सूर्य चिह्नबाट चुनाव लडेर अहिलेको सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्हबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य अजयबहादुर शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै आएको छ ।

विरोधको कार्यक्रम अब चल्ने सदनमा पनि जारी रहने एमाले संसदीय दलका प्रमुख भूमिश्वर ढकालले बताए । यसअघि असोज २० गते बसेको प्रदेशसभा बैठकले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै नया बजेट पेस गरेको थियो ।

साउन २८ गठबन्धनको सरकार बनेको र भदौ १ गतेदेखि शुरू भएको हिउँदे अधिवेशन एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

IME
khanepani