सर्लाही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाहीको चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्व मन्त्रीसहित १५४...

पुरा पढ्नुहाेस्

महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू

5.07K
shares
khanepani bord

काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ ।

सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’

कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो ।

महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा कांग्रेसमा अहिलेसम्म १३ जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन । मंसिर ९–१३ का लागि तोकिएको केन्द्रीय महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भइसकेको छ ।

हिमाली २१ जिल्लामा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्वाचन समितिको निर्णय थियो तर दशैं अघि १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ भने प्रदेश दुईका आठ जिल्लामा अझै वडाअधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता पनि टुंगिएको छैन ।

निर्वाचन समितिले तिहार अघि वडा अधिवेशन नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । कांग्रेसले चार पटक केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरिसकेको छ ।

IME
khanepani