पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६१ जना घाइते

पाँचथर। पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाइते भएका छन् ।
आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका ४ जनाको मृत्यु भएको हो ।

लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

सो दुर्घटनाबाट गम्भिर घाइते भएका ११ जनालाई थप उपचारको लागि झापा तर्फ पठाएको तथा अन्य घाइतेहरुको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

८,कार्तिक.२०७८,सोमबार १६:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्