काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

लुम्बिनीको बजेट सच्याउन पत्रकार महासंघको माग

5.01K
shares
khanepani bord

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष ०७८/७९ को बजेट सच्याउन माग गरेको छ ।

बजेटमा व्यक्तिगत पहुँच र प्रभाव झल्केको भन्दै तुरुन्त सच्याउन माग गरिएको हो । सोमबार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारले विज्ञप्ति जारी गर्दै सबै सञ्चारमाध्यमलाई समान रुपमा सम्बोधन हुने गरी बजेट विनियोजन गर्नुपर्नेमा केही सञ्चारमाध्यम तोकेरै बजेट विनियोजन गरिँदा सरकारको अभिभावकीय भूमिकामाथि प्रश्न उठेको उल्लेख गरिएको छ ।

‘विधि पद्धति र आर्थिक अनुशासन विपरीत छुट्याइएको सञ्चारसम्बन्धी बजेटलाई तुरुन्त सच्याई प्रदेशभरीका सञ्चारमाध्यमले लाभ लिने गरी समानुपातिक रुपमा वितरण हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौं’–विज्ञप्तिमा भनिएको छ ।

महासंघले पत्रकार कल्याणकारी कोषको रकम अहिलेको सरकारले घटाएकामा आपत्ति जनाउँदै वृद्धि गर्न माग गरेको छ । महासंघले लम्बिनी प्रदेश सरकारले संसदमा दर्ता गरेको सञ्चार विधेयक तुरुन्त फिर्ता लिई संविधानको मर्म, भावना र पूर्ण प्रेस स्वतन्त्रतालाई ग्यारेन्टी गर्न पनि माग गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले सरकार निकटका सञ्चार माध्यमलाई मात्रै बजेट विनियोजन गरेको भन्दै यसअघि प्रकाशन तथा प्रसारण समाज रुपन्देही र एलायन्स फर कम्युनिटी मिडियाले पनि विरोध जनाएका थिए ।

प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको वजेटमा मुख्यमन्त्री कुलप्रसाद केसीको गृह जिल्ला रोल्पामा रहेको माओवादी प्रदेश सांसद अध्यक्ष रहेको रेडियो जलजलको लागि ३५ लाख, माओवादी केन्द्र निकट प्रेस सेन्टरका बसन्त गिरी प्रधान सम्पादक रहेको वुद्ध दर्पण दैनिक कपिलवस्तुको लागि २० लाख, रेडियो मायादेवी र रेडियो बुद्धआवाजका लागि ५ लाख र बुद्ध दर्पणको सञ्चार भवनको लागि भन्दै थप २० लाख रुपैयाँ विनियोजन भएको छ ।

यस्तै रेडियो रोल्पा र जलजला एफएमको लागि थप शीर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माको ‘अफसेट प्रेस’को विकास तथा प्रवर्द्धनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ छुट्याइएको छ । फरक–फरक शीर्षकमा ‘रोल्पा समाचार’को नाममा प्रदेश सरकारले १०–१० लाख रकम विनियोजन गरेको छ ।

यस्तै बाँकेको रुबरु एफएमलाई ५ लाख र थप सामान खरीदको लागि भन्दै ५ लाख, रेडियो माडी आवाजलाई मेसिनरी खरीदको लागि भन्दै १० लाख, रेडियो देवदशको लागि १० लाख रुपैयाँ, सामुदायियिक रेडियो कपिलवस्तुको कम्पाउण्ड वाल बनाउन ५ लाख, सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एशोसिएसन अफ नेपाल र महिलाहरुको रेडियो लागि ५/५ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ ।

IME
khanepani