काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा उपाध्यक्षसहित २० सांसद फागुनमा पदमुक्त हुँदै (सूचीसहित)

5.03K
shares
khanepani bord

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद आगामी फागुनमा रिक्त हुने भएको छ। निर्वाचन आयोगले रिक्त २० सदस्यको निर्वाचन गर्न माघ पहिलो साता सिफारिस गरेको छ।

रिक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, एकीकृत समाजवादीका ४, काँग्रेसका ३ र मनोनित एक रहेका छन्।

२०७४ फागुनमा राष्ट्रियसभाको पहिलो निर्वाचन भएको थियो । त्यसबेला ६० जनामध्ये गोला तानेर कार्यकाल तय भएको थियो । पहिलो एक तिहाई सदस्य २ वर्षे कार्यकाल सकेर विदा भएका छन् ।

दोस्रो एक तिहाई अर्थात २० जनाको कार्यकाल गोला तानेर ४ वर्ष तोकिएकोमा अब सकिदैछ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित २० जना भने पूरा ६ वर्षे कार्यकाल पूरा गर्नेमा पर्छन् ।

एमाले:
परशुराम मेघी गुरुङ
कोमल वली
सुमनराज प्याकुरेल
कविता बोगटी
चक्र स्नेही
नैनकला ओझा
रामलखन चमार
अगम वान्तवा राई

माओवादी केन्द्र:
दीनानाथ शर्मा
शशिकला दाहाल
जीवन बुढा
खिमकुमार विक

एकीकृत समाजवादी:
ठगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी

कांग्रेस
राधेश्याम अधिकारी
दीर्घनारायण पाण्डे
तारादेवी भट्ट

मनोनित:

रामनारायण बिडारी

IME
khanepani