काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

लागुऔषधसहित वडाअध्यक्ष पक्राउ

5.14K
shares
khanepani bord

जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद गरेको हो ।

नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडाध्यक्ष यादव पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाको जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भैरहेको छ ।

यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै थिए ।

khanepani