
जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट फर्किदै गर्दा माडरमा चेकजाँच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको साथबाट लागुऔषध बरामद गरेको हो ।
नाइट्रोभेट १५ पिस ट्याब्लेटसहित वडाध्यक्ष यादव पक्राउ परेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । सरकारी नम्बर प्लेटको स १ ब ९३८ नम्बरको मोटरसाइकलमा आइरहेका बेला उनको साथबाट लागुऔषध बरामद भएको थियो । उनलाको जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान भैरहेको छ ।
यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै थिए ।
प्रतिक्रिया दिनुहोस्