बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

निकास नदिए न्यायपालिकालाई थप क्षति पुग्छ : न्यायाधीश समाज

4.64K
shares
khanepani bord

काठमाडौं । न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ ।

न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव हो भन्दै समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ ।

समाजका उपाध्यक्ष बाबुराम रेग्मीले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘न्यापालिका उपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आम सञ्चार मार्फत् सार्वजनिक हुनु दुःखद विषय हो । यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर्दछ । वास्तविकता के हो भन्ने कुरा छानविन पश्चात एकीन हुन सक्तछ ।’

सार्वजनिक रुपमा उठाइएका प्रश्नहरु सत्य–तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तीजनक कार्य मान्नुपर्ने भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता कुराहरुलाई लामो समयसम्म कुनै निकास नदिई त्यत्तिकै राख्दा न्यायपालिकालाई थप क्षति पुग्न सक्ने हुँदा यस्ता कुराको समयमा नै समाधान खोजिनुपर्छ ।’

IME
khanepani