काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

१४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन नै नभएका जिल्लाहरूमा तिहारअघि नै वडा अधिवेशन सम्पन्न गर्ने नेपाली कांग्रेसको तयारी

5.32K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन नै नभएका जिल्लाहरूमा तिहारअघि नै वडा अधिवेशन सम्पन्न गर्ने तयारी थालिएको छ ।

मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भनिएको महाधिवेशन प्रभावित हुने निश्चित भएपनि तल्लो तहको अधिवेशन सुचारु गर्नुपर्नेमा शीर्ष तहमा छलफल थालिएको हो । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले आइतबार पाँचथर पुगेर ‘महाधिवेशन २-४ दिन यताउयता हुनसक्ने’बताएका थिए ।

१३ जिल्लामा कांग्रेसको वडा अधिवेशनसमेत हुन सकेको छैन । प्रदेश नम्बर २ का ८ जिल्लासहित डोल्पा, सुर्खेत, कैलाली, बाँके र रसुवामा वडा अधिवेशन भएका छैनन् । तीमध्ये रसुवा र रौतहटको क्रियाशील सदस्यतासमेत टुंगो लाग्न बाँकी छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले तिहारअघि नै बाँकी जिल्लामा वडा अधिवेशन सक्नेगरी कार्यतालिका बनाउन छलफल सुरू गरेको छ । सोमबार बसेको निर्वाचन समितिको बैठकमा तिहारअघि वडा अधिवेशन सक्नेगरी नयाँ कार्यतालिका ल्याउन सहमति जुटेको छ । यद्यपि पार्टीका पदाधिकारीसँगको छलफलपछि मात्रै नयाँ कार्यतालिकाले आकार पाउने छ ।

निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीका अनुसार आज नै शीर्ष नेताहरुसँग परामर्श गरेर नयाँ कार्यतालिका निर्माणको प्रयास भइरहेको छ । ‘अधिवेशन प्रक्रिया सुचारु गर्नेबारे छलफल भएको छ । तिहारअघि सबै जिल्लाको वडा अधिवेशन सक्नेगरी काम थालेका छौं । शीर्ष नेताहरूसँग छलफल गरेर नयाँ तालिका बनाउँछौ’, केसीले भने ।

निर्वाचन समितिमा तिहारअघि वडा अधिवेशन सकेर कात्तिक २७ मा पालिका अधिवेशन, ३० मा क्षेत्रीय अधिवेशन, मंसिर ४ मा जिल्ला अधिवेशन गर्न सकिनेबारे छलफल भएको थियो । यद्यपि सभापतिले नै महाधिवेशन सर्ने संकेत गरेकोले त्यसबारे निर्क्योल गरेरमात्रै तालिका बनाउनुपर्ने निष्कर्षमा निर्वाचन समिति पुगेको छ । सभापति देउवाले समय मिलाए निर्वाचन समितिले आजै छलफल गर्ने जनाएको छ ।

IME
khanepani