काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र...

पुरा पढ्नुहाेस्

सिरहामा एक जना वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध गरिए बरामद

4.52K
shares
khanepani bord

जनकपुरधाम । सिरहामा एक जना वडाअध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।

सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार ती मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ ।

वडा अध्यक्ष नजिकैको होटलमा खाजा खान जाँदा रोकेर राखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।

यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani