
काठमाडौं । बाँकेको कोहलपुरमा करिब साढे तीन ला नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन् ।
मंगलबार बिहान एक बजेको समयमा कोहलपुर नगरपालिका-८ पिपरीस्थित रुद्रवीर खडकाको घरमा छापा हानी प्रहरीले ६ जनालाई रंगहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट तीन लाख ४९ हजार ७०५ रुपैयाँ र दुई गड्डी तास बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्