
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कार गरेको विरोधमा कानुनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालतबाहिर प्रदर्शन गरेका छन् ।
सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिस्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।
प्रदर्शनकारीले इजलास बहिस्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न नगरेका छन् ।
उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको पनि बताएका छन् । अदालतबाहिर प्रदर्शन उत्रिएका ६/७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्