नयाँ कार्यतालिकाबारे पदाधिकारी र निर्वाचन समितिसँग देउवाले थाले छलफल
वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:०६
shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन कार्यतालिका सुचारु गर्न छलफल थालेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले प्रभावित बनेको १४ औं महाधिवेशनको कार्यतालिका सुचारु गर्न पदाधिकारी र निर्वाचन समितिसँग छलफल थालेका हुन् ।
सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका पदाधिकारीहरू छलफलमा जुटेका छन् ।
जारी बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल भइरहेको बैठकमा सहभागि एक नेताले जानकारी दिए ।

























