काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ...

पुरा पढ्नुहाेस्

विद्युतीय सवारी साधनलाई स्थापित गर्न सरकार तयार छ: मन्त्री भुसाल

3.95K
shares
khanepani bord

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताइन् ।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् ।

उर्जामन्त्री भुसालले भनिन्, ‘अब नेपालमा इलेक्ट्रिसिटीबाट चल्ने अटो रिक्साको लञ्च भएको छ, आजसम्म आइपुग्दा नेपालीहरुलाई चाहिने पर्याप्त जलविद्युतको उत्पादन गरिसकेका छौँ, त्यस अर्थमा पनि यस प्रकारको अटो रिक्सा लगायतका विद्युतीय सवारीसाधन सबै प्रकारका नेपालमा सञ्चालन हुँदा हाम्रो आफ्नो देशको हाइड्रो इलेक्ट्रिसिटी भेकलका रुपमा प्रयोग हुँदा देशको अर्थतन्त्रमा योगदान हुन्छ,।

असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउँछ,यसले रोजगार बढ्छ, यायायातबाट आफ्नो शक्ति प्रयोगको हिसावले पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्दै जलविद्युतको प्रयोग गरेर अघि बढ्दा अर्थतन्त्रको विकास हुन्छ, सरकारले विद्युतीय सवारीसाधनलाई बढावा दिने नीति ल्याएको छ, अब सरकारी कार्यालयका साधनहरु विद्युतिय खरिद गर्ने नीति सरकारले लिएको छ,सार्वजनिक यातायातका ठूला साधन बढाउने निर्णय गरेको छ ।’

मन्त्री भुसालले सरकार विद्युतीय सवारीसाधनलाई स्थापित गर्न सहुलितयका लागि तयार रहेको बताइन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने र डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने बताइन् ।

khanepani