काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

एमाले र एकीकृत समाजवादीको विवादका कारण गौरीगंगाको पार्टी कार्यालय प्रशासनको नियन्त्रणमा

4.72K
shares
khanepani bord

धनगढी । कैलालीमा नेकपा एकीकृत समाजवादीसँगको विवादका कारण नेकपा एमालेको नगर पार्टी कार्यालय स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

गौरीगंगा नगरपालिकाको नगर पार्टी कार्यालय आफ्नो दाबी गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि भएको विवादले झडपको स्थिति सिर्जना भएपछि स्थानीय प्रशासनले तत्काल कसैले पनि प्रयोग गर्न नपाउने गरी कार्यालय नियन्त्रणमा लिइएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले कार्यालयमा आ–आफ्नो दाबी गर्दै झडपको अवस्था सिर्जना भएर गौरीगंगा नगरपालिका तनावग्रस्त भएपछि सूचना टाँस गर्दै नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘पार्टी कार्यालयको भवन प्रयोग गर्ने विषयमा भएको विवादले शान्ति सुरक्षामा प्रतिकूल अवस्था सिर्जना भएकाले धनजनको क्षति हुन नदिन दुवै पक्षको सहमति नहुन्जेलसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ अनुसार दुवैले प्रयोग गर्न नपाउने गरी नियन्त्रणमा राखिएको छ,’ जोशीले भने ।

गौरीगंगा नगरपालिका–१ चौमालामा रहेको उक्त पार्टी कार्यालय भवनको सुरक्षाका लागि प्रहरी खटाइएको छ । विगतदेखि नेकपा एमालेको पार्टी कार्यालय सञ्चालन हुँदै आएको उक्त भवन आफूहरुले प्रयोग गर्न पाउनुपर्ने माग गर्दै एकीकृत समाजवादीका नेता कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद उत्पन्न भएको हो । मंगलबार नेकपा एमाले निकट राष्ट्रिय युवा संघले ताला फुटाएपछि विवाद झनै बढेको थियो ।

एकीकृत समाजवादीका नेता कार्यकर्ताहरुले एमालेमा हुँदा आफ्नै अगुवाइमा भवन निर्माण गरिएको भन्दै प्रयोग गर्न पाउनुपर्ने माग अघि सारेका छन् । तर एमालेले पार्टीको सम्पत्ति अर्को पार्टीमा गएकाहरुलाई दिन नसकिने बताएको छ ।

IME
khanepani