काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट गरे पक्राउ

5.24K
shares
khanepani bord

काठमाडौं । बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेकी एक महिलालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ घर भई काठमाडौंको टोखा नगरपालिका–५ बसुन्धरा बस्ने ३५ वर्षीया अप्सरा खातुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चुन्नीखेलबाट बुधबार पक्राउ गरेको हो ।

उनलाई चेक अनादार मुद्दामा उच्च अदालत पाटनले सात दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकी खातुनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्युरोले जनाएको छ ।

IME
khanepani