काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका नेताहरुको मुख समेत हेर्न...

पुरा पढ्नुहाेस्

कोरोना खोपको कमी नहोस्, चैतमहिना भित्र सबै नेपालीलाई लगाइसक्नुपर्छ: प्रधानमन्त्री शेरबहादुर देउवा

4.06K
shares
khanepani bord

काठमाडौ । काठमाडौ प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन्।

खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए।

आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताएका हुन्।

‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ,’ उनले भने, ‘सबैलाई निशुल्क खोप लगाउने हो। अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ।’

अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन्।

सरकारले असोजभित्र कूल जनसंख्याको एकतिहाइलाई खोप लगाइसक्ने भनेको थियो। चीनलगायत विभिन्न देशले अनुदानमा थप खोप दिने भनेका छन्। अपुग हुने खोप खरिद गर्ने तयारी सरकारको छ।

khanepani