काठमाडौँ । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र...

पुरा पढ्नुहाेस्

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा गोर्कणबाट एक जना पक्राउ

4.6K
shares
khanepani bord

काठमाडौं । अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा गोर्कणबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर-८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका २७ वर्षीय मिन बहादुर पाइन रहेको छ । उनलाई बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका-८ जगडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

पाइन लगायत ३ जनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेका थिए ।

ठगी गर्न खाेजेकाे सूचना पाएपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले पाईनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२-३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

IME
khanepani