काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ६६४ जना संक्रमणमुक्त २ जनाको मृत्यु

8.39K
shares
khanepani bord

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ४ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा ५२७ जना र २ हजार ५ सय ७ जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६६४ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३८२ पुगेको छ भने ७ लाख ८९ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २३६ जना रहेका छन् । जसमध्ये ९ हजार ४१४ जना होम आइसोलेसनमा रहेका छन् भने ८२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४८ जना आईसीयू र ८०१जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४१ जना कोरोना संक्रमित थपिएका छन् ।

IME
khanepani