नेपाल खानेपानी संस्थानको लागि लिगलिगे दौड शुरु, यी मध्ये कस्ले मार्लान बाजी

काठमाडौं । नेपाल खानेपानी संस्थानको महाप्रबन्धकको लागि धेरै जनाको लिकलिगे दौड शुरु भएको छ । संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादले आफ्नो कार्याकाल पुरा गरेपछि रिक्त पदका लागि उक्त दौड शुरु भएको हो । निक्कै लामो वाद विवाद र अड्डा अदालत गरेर निक्कै हैरानी खाएर भुपेन्द्र प्रसादले आफ्नो कार्यकाल पुरा गरेका हुन । उनको शुरुवातीका दिन निक्के विवादपूर्ण रहेका थिए । उनकै कार्याकालमा कर्मचारीहरुले आफ्ना माग राखेर निक्कै लामोसमयसम्म संस्थानमा आन्दोलन समेत गरेका हुन ।

उनी पछिल्लो समयमा संस्थानकै सक्षम र अब्वल प्रशासन प्रमुख त्रिदिप श्रेष्ठको सहयोगले पुर्ण सफल जस्तै भएर, कार्याकाल पुरा गरेका महाप्रबन्धक हुन भुपेन्द्र प्रसाद । उनको यो सफलतामा नेपाल खानेपानी संस्थानमा रहेर लामो अनुभवले खारिएका नौ तहका प्रशासन त्रिदिप श्रेष्ठको योगदानलाई भने नजरअन्दाज गर्न सकिदैन ।

कर्मचारीहरुको वृद्धिविकासका लागि त्रिदिपको संस्थानमा अतुलनिय योगदान छ । उनी हंशमुखि छन । उनी हाँसेर मात्र आफ्नो काम पुरा गर्दछन । आफु मातहतका कर्मचारीहरुका दुःख सुखमा सधै सोधखोज गरिरहने कर्मचारीहरुको बर्गमा पर्दछन त्रिदिप श्रेष्ठ ।

संस्थानका कर्मचारीहरु र संस्थानकै संचालक समितिले समेत अति रुचाएका कर्मचारी हुन त्रिदिप श्रेष्ठ । नेपालको परिवेशमा प्राविधिक कर्मचारीहरुलाई पहिलो स्थानमा राख्दा कतिपय संस्थानहरु धारासायी समेत भएका उदाहारणहरु धेरै छन । त्यसैले यस पटक नेपाल खानेपानी संस्थानमा प्रशासन तर्फबाट महाप्रबन्धक बनाउनु पर्ने आवाज पनि संस्थानका कर्मचारीहरु वीच चर्चा चल्ने गरेको छ ।
नेपाल खानेपानी संस्थानको यो दौड कस्ले मार्ने हो भन्ने चर्चा व्यापक चल्दै आएको छ ।

पैसाको चलखेलले मात्र राजनिति नियुक्ती पाउने हल्ला पहिला पनि चल्ने गरेको हो । यस पटक यो हल्लाले सरोकारवालाहरुको मन नगर्माएको भने छैन । केहि प्रतिस्पर्धीहरु त पैसाकै कारण रिङ आउट भइसकेका छन ।

नियुक्तीका लागि संस्थानकै पूर्व महाप्रबन्धक भुपेन्द प्रसादको पनि मन्त्रालयमा वास नै हुने गरेको चर्चा छ । तर, उहाँ उमेर पनि ६० वर्ष भइसकेका कारण अब घरमा नै बसेर बाकि उमेर समाजसेवामा लगाउने सोचमा रहेको उनी निकट स्रोतले दावी गरेको छ । अनुभव र उनले थालेका केहि काम बाकि रहेकाले उनको आवश्यकता रहेको बताउनेहरु पनि संस्थानमा नभएका भने होइन । अर्का प्रत्यासित हुन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका वित्त विज्ञ दुर्गाबहादुर बस्नेत पनि यो संस्थानको महाप्रबन्धकको लिगलिगे दडौंमा रस्सा कस्सी गरिरहेका छन ।नेपाल खानेपानी संस्थानले उत्पादन गरेका हुनाहार कर्मचारी बस्नेतलाई पनि संस्थानका धेरै कर्मचारीहरुले महाप्रबन्धक हुन माग गरिरहेको समाचार स्रोतले दावी गरेको छ ।

प्रशासन क्षेत्रमा सुधार गर्दै आएका युवा डाइनामिक त्रिदिप श्रेष्ठ पनि प्रतिस्पर्धामा छन । त्यसै गरि खानेपानीका क्षेत्रमा विद्यावारिधि नै गरेका केयूकेएलका डाक्टर पिडि चापाइगाई, केयूकेएलका अर्का युवा कानुनका समेत ज्ञाता योगेन्द वम, केयूकेएलका लक्ष्मण बस्नेत, पूर्व संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल र संस्थान कै ईश्वरप्रसादले आ-आफरनो क्षेत्रबाट राजनितिक शक्तिको प्रयोग गरिरहेको बुझन आएको छ ।

१२,कार्तिक.२०७८,शुक्रबार १२:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्