उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको पाए जिम्मेवारी

काठमाडौं । उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा साताव्यापी भ्रमणका लागि बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए । उपसभापति निधि सभापति देउवालाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।

१२,कार्तिक.२०७८,शुक्रबार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्