नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा गरे प्रवेश

नेपाली जनता

काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे ।

राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । विकर्णले १६औं र हरीले ४९ औं मिनेटमा गोल गरे ।

आर्मीका हरी महतो खेलको म्यान अफ द म्याच घोषित भए । अन्य तीन क्वाटरफाइनल खेल पनि शुक्रबारै हुनेछ ।

यो पनि पढ्नुहोस  डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण
१२,कार्तिक.२०७८,शुक्रबार १२:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: