ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान गर्ने सञ्चालन

काठमाडौं । ललितपुर महानगरपालिकाले ७४ वर्षमाथिका जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो चरणमा महानगर क्षेत्रभित्रका ७४ वर्ष र सोभन्दा माथिका जेष्ठ नागरिकलाई नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिसको आधारमा निमोनियाविरुद्धको खोप (पीसीभी–१३) दिइने जनाएको छ । खोप कार्यक्रम कात्तिक १४ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ । वडामा रहेको खोप केन्द्रमा पुगि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन सकिने महानगरले जनाएको छ ।

दोस्रो चरण अन्तर्गत ७० देखि ७३ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने महानगरले जनाएको छ । दोस्रो चरणको खोप कार्यक्रम छिट्टै सञ्चालन हुने सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाले जानकारी दिए ।

१२,कार्तिक.२०७८,शुक्रबार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्