नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा अश्वभाबिक दौडधुप, लक्ष्मण बस्नेतले बाजी मार्ने संकेत ?
वि.सं.२०७८ कात्तिक १४ आइतवार ०८:५६
shares

काठमाडौं । नेपाल खानेपानी संस्थानमा महाप्रबन्धक खालि भएको महिना दिन बित्न लाग्दा समेत मन्त्रालयले सो ठाउँमा अधिकार सहित कसैलाई निमित्त समेत दिन सकेको छैन । तर,संस्थानको महाप्रबन्धकका प्रत्यासीहरुको संख्या दैनिक बृद्धि हुर्दै गहिरहेको अवस्था छ ।
संस्थानका महाप्रबन्धक भुपेन्द्र प्रसादको समय अवधि सकिएको करिव एक महिना हुदाँ समेत खानेपानी मन्त्रालयले महाप्रबन्धक नियुक्तिमा तत्परता देखाएको छैन तर, महाप्रबन्धकका प्रत्यासीहरुले विभागीय मन्त्री, प्रधानमन्त्री, विभागीय मन्त्रीका नेता कृष्णप्रसाद सिटौला, नेकपा समाजबादीका नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र उपेन्द्र यादवहरुको ढोका ढोकामा पुग्नेहरुको संख्या दैनिक बृद्धि हुदै गरेको समाचार स्रोतको दावी छ ।
नेपाल खानेपानी संस्थानका पूर्व कर्मचारीहरुले संस्थानको महाप्रबन्धक हुने इच्छा धेरैले राखेको देखिएको छ । धन र योग्यता दुबैको संयोजन गर्ने क्षमता भएका मानिसहरुले काम गर्ने इच्छा राख्नु स्वाभाविकै हो । खानेपानी सन्थानबाट २०४८ सालमा लेखा अधिकृतमा सेवा प्रबेश गरेका केयुकेयलका आ.ले.प. महाशाखा प्रमुख लक्ष्मण बस्नेतले पनि संस्थानको महाप्रबन्धक हुने इच्छा देखाएका छन । लेखामा विषेश दख्खल राख्ने बस्नेत प्रशासनिक कमाण्ड भएका एक स्वाभिमानि निडर कर्मचारी हुन । ऐन, नियम र कानुनले दिएका अधिकार प्रयोग गरेर प्रशासनिक सुधार, कर्मचारी हक हित र अधिकारको रक्षाको लागि सतिसाल जस्तै खडा भएर लाग्ने बस्नेत केयूकेएलका उपप्रबन्धक हुन ।
उनी मातहत रहेका कर्मचारी उनीसँग सन्तुष्ट नभएको विरलै भेटीएला । जनताको काम र कर्मचारीहरुको हितरक्षा आफुभन्दा माथिल्लो तहका कर्मचारीसँग प्रायः पौडाजोरी खेलिरहन्छन बस्नेत । लेजनताकाम छिनमै सम्पादन गर्ने ल्यागत राख्ने बस्नेतसँग कामछोर कर्मचारीहरु र माथिल्लो तहका व्यवस्थापकहरु ठाडो शिर लगाउन सक्दैन । काममा लगनशिल कर्मचारीहरुका लागि नौनि घिउ जस्ता नरम बस्नेत कामछोर र झुट बोल्ने र काममा ठगि गर्नेहरुका लागि बस्नेत फलाम जस्तै कडा हुन । उनको काम गर्ने क्षमता, योग्यता र कार्यशैलीलाई मुल्याङन गरेर जिम्मेवारी दिने हो भने, नेपाल खानेपानी संस्थानले पनि एउटा कुलमान पाएको कुरामा दुविधा हुने छैन ।
उनलाई जिम्मेवारी दिने मन्त्री प्रधानमन्त्री र संस्थानसँग सरोकार राख्नेहरुको बस्नेत नियुक्ती भएको छोटो समयमै गभले छाती उच्च हुने कुरामा शंका छैन ।
बस्नेतले नेपाल सरकारका उच्चपदस्थहरुसँग काठमाडौं उपत्यका खानेपानी लिमिटेड व्यवस्थापन आयोजनामासँगै काम गरेर लामो अनुभब बटुली सकेका छन । उनीसँग प्रशासननिक, आर्थिक र प्राविधिक समेत अनुभब रहेको छ । विदेशिदातृ निकायसँगको समन्यकारी भुमिकाको समेत अनुभब रहेका बस्नेत समस्या समाधान र नयाँ योजना तर्जुमा र कार्यन्वयनमा समेत उत्तिकै दख्खल राख्दछन ।
नेपाल खानेपानी संस्थानको महाप्रबन्धक हुन केयूकेएलबाट धेरै जनाले इच्छा देखाएका छन । केयूकेएलका दुर्गाबहादुर बस्नेत, रामचन्द्र ढकाल, अर्जनबाबु ढकाल, योगेन्द्र बम र डाक्टर डिपि चापागाई पनि शक्तिकेन्द्र मार्फत आफ्ना कुरा मन्त्री समक्ष राखेको बुझिन आएको छ ।
नेपाल खानेपानी संस्थानबाट पूर्व महाप्रबन्धक भुपेन्द्र प्रसादले प्रधामन्त्री पत्नी डाक्टर आरजु राणा मार्फत लविङ गरेका छन । उनी आफु हुने, नसके आफ्नो भाई इश्वर प्रसादलाई गराउन जोडबल गरिरहेका छन । त्यसैगरि संस्थानका प्रशासन प्रमुख त्रिदिप श्रेष्ठले पनि आफ्नो प्रभाबलाई पुरै शक्ति लगाएर महाप्रबन्धकको पहिलो रेसमा रहेको बुझिएको छ । उनी संस्थानका काविल कर्मचारीका रुपमा आफ्नो पहिचान छोड्न सफल भएका छन ।
संस्थानका विरगंजका हाकिम निरन मर्हजन नेपाली कांग्रेसका कार्यकर्ता भएपनि आर्थिक जोहो गर्न नसकेका कारण यो महाप्रबन्धकको रेसबाट आउट भइसकेका छन ।
माथि उल्लेखित महाप्रबन्धकका प्रत्यासीहरु आ आफ्नो क्षेत्रमा सबै काविल छन । अधिकार पाएभने काम गर्न सक्ने इच्छाशक्तिका साथ आजसम्म पाएको धिकार प्रयोग गरेर जिम्मेवारी सफलता पुर्वक सम्पादन गरिरहेका राष्ट्रसेवक हुन । यी मध्ये नेपाल खानेपानी संस्थानको महाप्रबन्धकमा कस्ले बाजी मार्ने हो त्यो भने खानेपानी मन्त्री उमाकान्त चौधरीलाई शुसी पार्नेहरुले बाजी मार्ने कुरा ध्रुबसत्य नै छ ।
नेपाल खानेपानी संस्थानको लागि लिगलिगे दौड शुरु, यी मध्ये कस्ले मार्लान बाजी





















