काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

बारको आन्दोलनमा दमननाथले भने, हरेक अंग बिटुलिन थाले, न्यायालयबाट शुद्धीकरणको सुरूआत गरेका छौं

4.08K
shares
khanepani bord

काठमाडौं । पूर्वसभामुख एवम् वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाले राज्यका हरेक अंग बिटुलिन थालेको भन्दै त्यसको शुद्धीकरणका लागि आन्दोलनमा होमिएको बताएका छन् । यो आन्दोलन न्यायालयमा शुद्धीकरणका लागि भएको उनको भनाइ छ ।

‘यो शुद्धीकरण अभियान हो,’ ढुंगानाले भने, ‘न्यायालयमात्रै होइन संविधानले व्यवस्था गरेका हरेक अंगहरू बिटुलिन थालेका छन् । यसको शुद्धीकरणको सुरूआत न्यालयबाट सुरू गरेका छौं ।’

त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले यो आन्दोलन न्यायालयको शुद्धीकरणका लागि भएको बताए । ‘यो आन्दोलन फिर्ता हुँदैन,’ शाक्यले भने, ‘यो प्रधानन्यायाधीशविरूद्ध मात्रै होइन । यो न्यायालयको सुधारका लागि हो । न्यायपालिकाप्रति जनआस्था बढाउन र राज्यका अंगहरूबीच शक्ति सन्तुलनलाई कायम गरू संविधान बर्करार राख्न हामीले आन्दोलन गर्नु परेको हो ।’

IME
khanepani