मानव सेवा आश्रममा रहेकी महिलामाथि निर्घात कुटपिट, प्रहरीले लिएन उजुरी

नेपाली जनता

काठमाडौं । काठमाडौं सर्लाहीको हरिवन नगरपालिका नयाँ रोडस्थित मानव सेवा आश्रममा एक महिलामाथि निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

यो घटनामा पीडित पक्षले दिएको उजुरी प्रहरीले लिन मानेको छैन।

हरिवन नगरपालिका–१ पटौना टोलकी २९ वर्षीया रेखाकुमारी कार्कीमाथि गत कार्तिक ८ गते आश्रममा निर्घात कुटपिट भएको थियो।

मानसिक रोगको उपचारका लागि भन्दै गत कार्तिक ३ गते कार्की आश्रम गएकी थिइन्।

केही दिनपछि आश्रमबाट सञ्चालक सदस्य सुकदेव कार्कीले रेखाकुमारीकी आफन्तलाई फोन गरेर उनलाई लैजान आग्रह गरेका थिए।

सञ्चालक कार्कीले रेखाकुमारीकी दाजु नवीन कार्कीलाई फोन गरेर ‘तपाईंको मानिस हामी राख्न सक्दैनौं, घर लैजानुस्’ भनेका थिए।

‘तपाईंको मान्छेलाई हामीले राख्न सकेनौँ घर लैजानुस् भन्दै सुकदेवले फोन गर्नुभयो,’ कार्कीले भने, ‘घर आउँदा दिदीको शरिरभर कुटपिट गरेको निलडाम र घाउ थियो, संवेदनशील अंगमा पनि चोट छ। बिरामी मेरी दिदीलाई यसरी किन कुटपिट गरियोरु’

रेखाकुमारीकी परिवारले यस घटनामा दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै गत कात्तिक १० गते इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिएको थियो, तर प्रहरीले उजुरी लिन मानेन।

‘आश्रमले सहयोग गरिरहेकोले मिलेर जाऊ भन्दै प्रहरीले उजुरी लिन मानेन,’ रेखाकुमारीकी दाजु नवीनले भने, ‘आश्रमले हामीलाई हरेक कुरामा सहयोग गरेको छ, ऊविरूद्ध उजुरी लिन मिल्दैन भनेर इन्स्पेक्टरसाबले भन्नुभयो, उजुरी दर्ता गरेनन्।’

त्यसपछि न्याय माग गर्दै पीडित परिवार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। तर त्यहाँ पनि उजुरी नलिने भएपछि सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दिने तयारी गरेको कार्कीले बताए।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले उजुरीमा उल्लेख गरेजस्तो घटना नदेखिएकोले उजुरी नलिएको बताए। ‘मारपिट गरेको भनिएको छ। तर घटनामा खासै त्यस्तो देखिन्न। सबै कुरा जाहेरी र उजुरी दर्तै हुने खालको हुँदैन,’ उनले भने।

यो पनि पढ्नुहोस  धनगढी राजधानी बनाउन माग गर्दै प्रदेशसभा भवन अगाडि अाज पनि प्रदर्शन

आश्रमका सञ्चालक सदस्य सुकदेव कार्कीले नै घटनापछि पीडित परिवारलाई फोन गरेर जानकारी गराएको भए पनि उनीसँग यसबारे बुझ्दा आफूलाई केही थाहा नभएको बताए। ‘म बाहिर छु, त्यसबारे मलाई केही थाहा भएन,’ उनले भने।

१४,कार्तिक.२०७८,आईतवार १४:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: