गरिब सस्थाका धेरै तलव खाने सिइओ शाक्य, शाक्यले काठमाडौबासीलाई बनाउदै काकाकुल

काठमाडौं । काम ठग, गफ चुटेर अकाश र पाताल जोड्ने, गफको खिचडि पकाउन खप्पीस र धन भनेपछि अरुको राम्रो मोवाइलमा समेत आँखा लगाउने द्रव्य पिचास काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिईओ अर्थात प्रमुख कार्याकारी अधिकृत मिलनकुमार शाक्यको दिन गन्ती शुरु भएको छ ।

उनका सारथि छन, जागिरको अवधिको आधाभन्दा बढी समयम दरवारीया रवाफ देखाएर जागिर खाए, जागिरको अधिकाशं समय आलेपमा बसेर हिसावमा खरि घोट्दै हिस्सा बुझ्ने अर्थ प्रशासन बिभागीय प्रमुख बिजय तिमिल्सीना ।

कुरामा आकाशको तरा झार्ने शाक्य केयुकेएलको सिइओ भएको एक वर्षपुरा भएर दोस्रो वर्ष लाग्दा समेत केयूकेएलका शाखामा एउटै फाँटमा २५ वर्षभन्दा बढी बस्नेलाई समेत शाखा त परै जाओस फाँट समेत सार्न सकेका छैन । यस्ताबाट केयुकेएलको प्रशासकिय सुधार, आर्थिक सुधार, भ्रष्टाचार न्युनिकरण तथा सुन्यको परिकल्पाना भन्दा केहि तलमाथि नहुने केयुकेएलका शाखा प्रमुखहरुको तर्क रहेको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले केयूकेएलको लागि दिएको योजनामा दारा गाडेर खानेभन्दा ओरको सिन्को पर समेत सार्न नसकेको, हरेक फाइलमा हिसाव खोजेको, हिसाव नबुझाएसम्म अर्को फाइल स्वीकृत नगर्ने, तोकेर आदेश दिन नसक्ने, झुलाउने, हल्लाउने जसरी पनि मालपानी झार्ने काम मात्र सिइओ शाक्यबाट हुने आरोप केयुकेएलमा सुन्न र देख्न पाइन्छ ।

उनी आफ्नो प्रशंसामा रमाउने, कसैले गोरुलाई जस्तै गालि गरेपनि त्यो आफ्नो प्रशंसा भएको कर्मचारीहरुसँग फुर्ति लगाउने उनको आत्मारतिले केयूकेएल अब चल्नै नसक्ने गरि थला परेको केयुकेएलसँग सम्बन्धीहरुको तर्क रहेको छ ।

उनलाई जतिसक्दो बर्हिगमन गराए नयाँ सिइओ केयुकेएलका लागि अतिआवश्यक भइसकेको तर्क पनि केयूकेएलका सिनियर अफिसहरुको रहेको छ । यदि शाक्यलाई अब केहि महिना केयूकेएलको सिइओमा राखिरहने हो भने, केयूकेएलको पुर्नसंरचना नगरे केयुकेएलबाट काठमाडौ बासीले पानी पाउनु एकादेशको कथा जस्तै भयो भने यसको जिम्मा कस्ले लिने प्रश्न जटिल ढंगले उठेको छ ।

केयुकेएलमा सिइओ मिलनकुमार शाक्य आएपछि सायद उनले कुनै पनि फाइलमा तोकेर आदेश गरेको नभेटिने केयुकेएलका कर्मचारीहरुको तर्क रहको छ ।
केयुकेएलका कर्मचारीहरु भन्छन, काम अरु कर्मचारीहरुको थाप्लोमा हाल्ने र कतैबाट आएको “अस्तु”मा ढाडे आँखा लगाउने उनको पुरानै बानी हो । उनी शाखा प्रमुखहुदाँ भ्रष्टाचार गरेको हुदाँ उनलाई तत्कालीन सिइओ महेशकुमार भट्टराईले पिआइडीमा काज सरुवा गरेका थिए । उनी पिआइडीबाट गफ चुटेकै भरमा केयूकेएलको सिइओ भएका हुन ।

उनले अन्तिम समयमा तत्कालीन खानेपानी मन्त्री विना मगरका निकट भाइराजा घिमिरेसँग सेटिङ मिलाउन सफल भएपछि केयुकेएलको सिइओमा चिठ्ठा परेको थियो ।

उनलाई हटाउने उपयुक्त बाटो केहि समय अगाडि पनि नखोजिएको भने होइन । तत्कालीन खानेपानी मन्त्री मणी थापाले शाक्य हटाउने कुनै बाटो छ कि भनेर एउटा समिति समेत बनाएका थिए तर, पछि उनी नै सर्बोच्चको परामदेशले हट्नुपरेपछि शाक्यको पद जोगिएको हो ।
अहिलेपनि शाक्य समस्या परेपछि केयूकेएलकै जुनिएर कर्मचारी लिएर मन्त्री र सचिवकोमा जाने गर्दछन । यसमा उनको भित्रि स्वार्थ छ । आफुले कुनै कुराको डिल गर्न सक्ने सामथ्र्य उनीसँग छैन । उनी खानेपानी मन्त्रालय अन्तरगत कै गरिव संस्थाका धेरै तलव खाने कर्मचारी हुन । तर, उनी कहिल्यै राम्रो काम गर्न भने सक्दैनन । उनको हरेक गल्तीहरुको सजाय उनीसँग जोडिएको अरुले समाधान गरिदिनु पर्ने बाध्यता छ ।
उनले केयूकेएलका केहि युनियनका नेताहरुसँग संस्थालाई आर्थिकरुपमा ठुलो नोक्सानी पर्ने गोप्य सम्झौता समेत गरेको समेत बुझिन आएको छ ।

१४,कार्तिक.२०७८,आईतवार १७:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्