काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न नेविसंघको माग

4.29K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

तिहार लगायतका चाडपर्व नजिकिँदै गएको समयमा नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी खर्च वृद्धि भई बजारमा उपभोग्य वस्तुको समेत मूल्य वृद्धि हुने अवस्था सिर्जना हुने भन्दै निगमको निर्णयप्रति खेद र आपत्ति समेत प्रकट गरेको छ ।

IME
khanepani