
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ताका लागि ‘हड्ताल’ मा रहेका न्यायाधीशहरूले तीन सदस्यीय टोली गठन गरेका छन् ।
प्रधानन्यायाधीसले सम्मानजनक बहिर्गमन चाहेको प्रस्ताव पठाएपछि आन्दोलनकारी न्यायाधीश वार्तामा बस्न तयार भएको बताइएको छ ।
आन्दोलनकारी न्यायाधीशहरूको वार्ता टोलीमा न्यायाधीशहरू सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा छन् ।
राणाले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका १९ न्यायाधीशले निरन्तर इजलास बहिष्कार गरिरहेका छन् । त्यस्तै नेपाल बारले आइतबार राणाको राजीनामासहितको माग राखी आन्दोलनको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्