काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति...

पुरा पढ्नुहाेस्

केयुकेएलका सिइओ शाक्य र तिमिल्सीनाले गरे अख्तियारको दुरुपयोग, केयूकेएल बोर्डमा कारवाहि गर्न अख्तियारले लेख्ने विषयमा विवाद

4.67K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का सिइओ मिलनकुमार शाक्य र अर्थ तथा प्रशासन बिभागीय प्रमुख बिजय तिमिल्सीनाका लगायत व्यबस्थापनका कारण केयूकेएल विघटनको संघारमा पुगेको छ ।

उनीहरुले गरेका निर्णयका कारण केयूकेएल बोर्ड लगायत केयुकेएलसँग सरोकार राख्ने वोर्ड, मन्त्रालय समेत समस्याको भुमरीमा जकडिएका छन । केयुकेएलका सिइओले आफ्नो पद जोगाउन गरेका केहि विवास्पत निर्णयले केयुकेएल बोर्डका बैठकहरु ५ देखि ६ घण्टा लामो समयसम्म बसेर पनि कुनै निर्णयमा पुग्न सकेका छैन ।

एउटा कुहिएको आलु बोरामा भए सबै आलु केहिदिन भित्र कुहिन सक्छन । त्यस्तै भएको छ केयुकेएल । केयूकेएलको इतिहासमै बोर्ड बैठक यति लामो समयसम्म बस्दा समेत कुनै निर्णयमा पुग्न नसकेको अहिले नै होला ? केयुकेएलको व्यवस्थापन समुहले आफ्नो सेवा सूविधा आफै बढाउने निर्णय गरेर त्यो बढाएको सेवा सूविधालाई बैधानकिता दिने समस्याका कारण यति लामो समयसम्म बोर्ड बैठक बस्नु परेको केयुकेएल बोर्ड स्रोतले बताएको छ ।
केयुकेएलमा सरकारको मात्र सेयर छैन, यहाँ नगरपालिका र निजिक्षेत्रको समेत सेयर भएका कारण कर्मचारीहरुको सेवा सुविधा बढाउदा उनीहरुको समेत सहमति आवश्यक हुन्छ । तर, केयूकेएलका व्यवस्थापनमा रहेका अधिकारीहरुले त्यो महशुस गरेन । उनीहरुले आफुले समेत त्यो सेवा सुविधा पाउने भएका कारण आँखामा पट्टी बाधेरै कर्मचारी युनियनहरुले राखेका मागमा हस्ताक्षर धस्काए । यो अख्तियारको ठाडो उलंघन हो । यसरी आफ्नो लागि आफै सेवा सूबिधा बढाउन कुनै ऐन र नियमले दिदैन तर, केयूकेएलमा आफ्ना लागि ऐन र नियम धोती लाग्छ भने अरुका लागि केस्रा केस्रा केलाउने नालायकहरु छन ।

यीनै नालयकरुले केयूकेएलको अस्तु समेत नछोड्ने चिन्ताले उनीहरु मतहतका सरोकारहरुको ठाउँको दुखाई भएको छ । केयूकेएलका कर्मचारीहरुको, केयुकेएल हुनुभन्दा अगाडिको सबै कर्मचारीहरुको दायित्व काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र सचिवालयमा छ । तर, सिइओ शाक्य आफै सर्वेसर्वा जस्तो भएर भ्याली वोर्डलाई आफुले गरेको गल्तीको वोधार्थ दिएर आफु केयुकेएलको हिरो हुन खोजेको देखिएको छ । कर्मचारीहरुका सेवा सूबिधा समय अनुकुल अवश्य पनि बृद्धि गरिनुपर्छ तर, अरुको अधिकार समेत आफ्नो हातमा लिएर निर्णय गर्न मिलन शाक्यलाई कुन, अधिकार, कुन नियम,

कानून र नैतिकताले दियो प्रश्न जटिल भएर उठेको छ ।
केयुकेएलका सिइओ लगायत व्यवस्थापनले अख्तियार दुरुपयोग गरेका कारण उनीहरु विरुद्ध अनुसन्धान भएर कारवाहि हुने कि नहुने । यस विषयमा अख्तियारले हस्तक्षेप गरेर स्वच्छाचारीहरुलाई कठाराघारमा उम्याउने नि कि त्यतिकै उन्मुक्ती दिने ? भन्ने प्रश्नले केयूकेएल बोर्ड समेत अनिर्णयको बन्दी हुन पुगेको छ ।

केयूकेएलका सिइओ शाक्य र बिभागिय प्रमुखले सिआइपीको कार्याक्रमको बजेट पहिलो चौमासिकमा कुनै शाखालाई भनेजति र कुनै शाखालाई दिर्दै नदिएका कारण बैठकमा झण्डै हातहालाहाल समेत भएको एक शाखाका प्रमुखले बताएका छन ।

केयूकेएलका सिइओलाई दिएको जिम्मेवारी पुरा गर्न नसकेका कारण उनलाई दिएको मासिक पारिश्रमीक समेत बढी भएका कारण कटौती गर्न बोर्डमा कुरासमेत उठेको बुझिएको छ । उनले अहिले तीन लाख भन्दा बढी पारिश्रमकि बुझ्दै आएका छन । केयुकेएलका सिइओ समस्या पर्दा पाउँमा हात पु¥याउँ छन भने आफुलाई सहज हुदाँ हात घाटीमा पु¥याउने स्वच्छाचारी छन ।

हालै केयूकेएलका चेजेन्द्र कार्कीलाई प्रयोग गरेर मन्त्रीलाई ठेकि कोशेली समेत पु¥याउन सफल भएका कारण शाक्य आफुलाई कम्फटेवल भएको महाशुस गरिरहेका छन । तर, उनलाई केयूकेएलबाट हटाउने बिषयमा केहि शक्तिकेन्द्रहरुमा कुरा भइरहेको छ । केयूकेएलको दातृनिकायले एशियाली विकास बैकले समेत शाक्यको बिषयमा प्रश्न उठाएको सरोकारवालाहरुले बताएका छन ।

गरिब सस्थाका धेरै तलव खाने सिइओ शाक्य, शाक्यले काठमाडौबासीलाई बनाउदै काकाकुल

khanepani