काठमाडौं । कुलमान नेतृत्वको पार्टी दर्ताको लागि मंगलबार (भोलि) निर्वाचन आयोग जाने भएको छ...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री शेरबहादुर देउवाले ब्रिटिस गोर्खाहरुको माग पुरा गर्न बेलायती सांसदहरुलाई गरे आग्रह

3.67K
shares
khanepani bord

लन्डन । प्रधानमन्त्री शेरबहादुर देउवाले ब्रिटिस गोर्खाहरुको माग पुरा गर्न बेलायती सांसदहरुलाई आग्रह गरेका छन् । लन्डनमा बेलायती सांसदहरुसँग भेट्दै आफूले आग्रह गरेको र सांसदहरु सकारात्मक पाएको जानकारी उनले दिए ।

उनले ब्रिटिस गोर्खाको मागप्रति नेपाल सरकारको पूर्ण समर्थन रहेको समेत बताए । ‘बेलायती सांसदहरु सहयोग गर्ने पक्षमा छन्’ उनले भने, ‘बेलायतले माग पुरा गर्न आफू सकारात्मक भएको छ ।’

नेपालमा विदेशी लगानीको वातावरण एकदमै राम्रो भएको बताउँदै देउवाले जलविद्युतको सम्भावना प्रचुर रहेको बताए । ‘नेपालमा हाइड्रो, इलेक्ट्रिक कार र चुल्हो बनाउन सक्छौं । हामीले फोसिल फ्युलको विकल्प खोजिरहेका छौं’ उनले भने ।

प्रदूषणमुक्त क्षेत्रमा नेपालमा लगानीको सम्भावना रहेको उनले बताए । वनक्षेत्र ५० प्रतिशत बढाउने योजना सरकारले गरिरहेको उनले बताए । ‘नेपालको कानूनले विदेशी लगानीलाई स्वागत गर्छ र विदेशी पैसा खेर जान दिँदैन । सरकार आउने जाने कुराले फरक पर्दैन’ उनले भने ।

बेलायतमै अध्ययन गरेको र प्रधानमन्त्रीको रुपमा बेलायत जाँदा घरमा आएजस्तो महसुस भएको उनले बताए ।

khanepani