काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली...

पुरा पढ्नुहाेस्

केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दै

4.76K
shares
khanepani bord

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बस्दैछ । अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयलाई लिएर सुरक्षा रणनीति तय गर्न सोमबार अपरान्ह ४ बजे सुरक्षा समितिको बैठक बोलाइएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुनेछन् ।

गृहका एक अधिकारीका अनुसार बैठकमा सीमा नाका व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ ।

khanepani