मुख्यमन्त्री आचार्यले बुझाए प्रदेश प्रमुखलाई राजीनामा

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । सोमबार दिउँसो प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल भएपनि एकल बहुमतको अवस्था नरहेकाले मुख्यमन्त्री पदबाट राजीनामा दिएको आचार्यले उल्लेख गरेका छन् ।

१० भदौमा मुख्यमन्त्री नियुक्त भएका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिनमा विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

उनले राजीनामा दिएपछि प्रस्ताव मतदानमा लगिएन ।

१५,कार्तिक.२०७८,सोमबार १६:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्