दाङ देउखुरीको महदेवा सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दाङ । दाङ देउखुरीको महदेवा-सिसहनिया जोड्ने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

रा १ प ६३४५ नम्बरको मोटरसाइकल गएराति पल्टिंदा गढवा गाउँपालिका २ घुस्रा निवासी २१ वर्षीय समिर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गोबरडिहाबाट सिसहनियातर्फ गइरहेको बेला मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा पनि दुर्घटना

यसैगरी सर्लाहीको धनकौल गाउँपालिका १ सेखौनामा पनि गएराति मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिका-३ बहुअर्वा बस्ने ४० वर्षीय मुन्ना पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा भेन्स अस्पताल बरहथवामा मृत्यु भएको हो ।

प्रदेश २, ०२, ००१ ब ५४४ नम्बरको मोटरसाइकल गएराति साढे १० बजे अनियन्त्रित भई पल्टिएको थियो ।

१६,कार्तिक.२०७८,मंगलवार १०:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्