काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : अधिवक्ता अर्याल

4.81K
shares
khanepani bord

काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् । राजीनामा बाहेक अन्य विकल्प नभएको उनको भनाइ छ ।

सर्वोच्च अदालत परिसरमा आज तेस्रो दिनको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अधिवक्ता अर्यालले प्रधानन्यायाधीश जबराले राजीनामा नदिए प्रतिवाद गर्ने बताए ।

यसैगरी अधिवक्ता बालकृष्ण ढकालले प्रधानन्यायाधीश जबरा जति समय पदमा बस्यो, न्यायापालिका त्यति नै क्षयीकरण हुने बताए ।

उनले भने– तपाईं जति समय बस्ने हो, न्यायपालिका त्यति क्षयीकरण हुने हो । चाँडोभन्दा चाँडो निकास निकाल्नुस् । सम्मानित तरिकाले बहिर्गमित हुनुस् । राजीनामा नदिए सर्वोच्च अदालत प्रवेशमा रोक लगाउनसक्ने उनले चेतावनी दिए ।

IME
khanepani