
काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ ।
३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ ।
गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज र विराटनगरमा भने नियमित उडान शुरु गरिसकेको कम्पनीले जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरका लागि केही समयमै उडान भर्नेगरी तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्