काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले थाल्यो सिमरामा नियमित उडान

4.63K
shares
khanepani bord

काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ ।

३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ ।

गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज र विराटनगरमा भने नियमित उडान शुरु गरिसकेको कम्पनीले जनाएको छ ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरका लागि केही समयमै उडान भर्नेगरी तयारी गरिएको छ ।

IME
khanepani