काठमाडौं । काठमाडौं–मन्थली बस सेवा अनिश्चितकालका लागि बन्द भएको छ । काठमाडौं–मन्थली चल्ने अरनिको...

पुरा पढ्नुहाेस्

न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् : कानुनमन्त्री बडु

4.6K
shares
khanepani bord

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिकाले नै समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।

मंगलबार नेपाल पत्रकार महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उनले न्यायालयको समस्या त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताएका हुन् ।

न्यायपालिकामाथि जनताको आस्थामा कमी आउन हुँदैन भन्ने पक्षमा आफूहरु रहेको भन्दै मन्त्री बडुले जनताको न्याय पाउने अधिकारलाई न्यायालयले सम्मान गर्नुपर्ने बताए ।

पछिल्लो केही दिनयता सर्वोच्च अदालतका न्यायाधीश, नेपाल बार एशोसिएसन, पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश लगायत कानुन क्षेत्रका विभिन्न व्यक्ति र संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन दबाब दिएका छन् ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषद र संवैधानिक आयोगहरुमा भागवण्डा लिएको, न्यायपालिकामा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उनको राजीनामा माग गरिएको छ ।

तर न्यायपालिकामा देखिएको समस्याबारे राजनीतिक दल र सरकारले मुख खोलेका छैनन् ।

IME
khanepani