काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ: मन्त्री भुसाल

4.65K
shares
khanepani bord

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताएकी छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्री भुसालले केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने धारणा राखेकी छन् ।

उनले स्वदेशी विद्युत् खपत बढाउन, आयातीत इन्धनलाई कम गर्न र असन्तुलित व्यापार घटा न्यून गर्न विद्युत् ऊर्जालाई प्रमुख प्राथमिकता दिएको उल्लेख गरिन्।

सिँचाइको अभावमा जमिन बाँझो राख्न नपरोस् भनेर सिँचाइका लागि प्रयोग हुने ऊर्जाको महसुल घटाइएको र आगामी दिनमा यसलाई निःशुल्क गरिने नीति सरकारको रहेको बताउँदै मन्त्री भुसालले यसबाट मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर गर्न सकिने विश्वास व्यक्त गरिन् ।

उनले समातामूलक राष्ट्र निर्माणका लागि गरिब जनतासम्म ऊर्जाको पहुँच पु¥याउने उद्देश्यले सरकारले २० युनिटभन्दा कम खपत गर्नेलाई निःशुल्क विद्युत् सेवा प्रदान गर्ने निर्णय गरेको बताइन् । ‘यस सुविधाबाट २० युनिटभन्दा कम खपत गर्ने २६ लाख घरधुरीका झण्डै एक करोड ३० लाख जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुनेछन्,’ उनले भने ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालले नवीकरणीय ऊर्जाको विकास र प्रवद्र्धनमा उल्लेखनीय प्रगति हासिल गर्न सकेको उल्लेख गर्दै जलवायु परिवर्तनबाट सिर्जित विश्वव्यापी समस्या समाधानका लागि स्वच्छ ऊर्जा प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीले केन्द्रमार्फत २५ वर्षको अवधिमा नवीकरणीय ऊर्जा प्रविधिहरुमार्फत करिब ३५ लाख घरधुरीका बासिन्दा लाभान्वित भएको जानकारी दिए ।

उनका अनुसार लघुजलविद्युत्बाट ३६ मेगावाट विद्युत् उत्पादन भई दुई लाख ३७ हजार घरधुरी तथा सौर्य प्रणालीबाट नौ लाख ६१ हजार घरमा विद्युतीकरण भएको, १६ लाख सुधारिएको चुलो जडान हुनाको साथै ११ हजार पानीघट्ट, दुई हजार ८०० वटा संस्थागत सौर्य प्रणाली र ३४४ ठूलासहित चार लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । यसबाहेक केन्द्रले एक मेगावाटभन्दा बढीका सौर्य र वायु ऊर्जा मिश्रित मिनीग्रिड प्रणाली पनि जडान गरेको छ ।

IME
khanepani