काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

मुख्यमन्त्री राईले भने : पहिले विश्वासको मत, त्यसपछि मन्त्रिपरिषद विस्तार

5.32K
shares
khanepani bord

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तार गर्ने बताएका छन् ।

मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएपछि मात्र मन्त्रालयको संख्या थप गर्ने र मन्त्रिपरिषद विस्तार गर्ने बताएका हुन् ।

‘पहिले हामी विश्वासको मत लिने काम गर्छौं, त्यसपछि कामको आवश्यकताको हिसाबले, गठबन्धनको आवश्यकताको हिसाबले मन्त्रालयको संख्या बढाउनुपर्नेछ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिन्छौं’ उनले भने ।

अब प्रदेश सरकारले अर्को बजेट ल्याउने वा नल्याउनेबारे सत्तारुढ गठबन्धन र मन्त्रिपरिषदमा छलफल हुने मुख्यमन्त्री राईले बताए । उनले योजना छनोटमा भूमिका नभएकाले सांसदहरु निरीहजस्तो देखिएको भन्दै त्यसलाई सम्बोधन गर्ने बताए ।

IME
khanepani